गाजामा हमला राेक्न इरानकाे चेतावनी

इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानले इजरायलले गाजामा हमला नरोके मध्यपूर्व नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिनुभएकाे छ ।

गाजा क्षेत्रमा हमला नरोके मध्यपूर्व नियन्त्रण बाहिर जाने इरानको चेतावनी

इरानले इजरायललाई सैन्य सहयोग गरेर द्वन्द्व बढाउन अमेरिका पनि जिम्मेवार रहेकाे बताएको बीबीसीले उल्लेख गरेका छ ।

‘म अमेरिका र यसको प्रोक्सी इजरायललाई चेतावनी दिन्छु कि यदि उनीहरूले गाजामा मानवता विरुद्धको अपराध र नरसंहार तुरुन्तै बन्द गरेनन् भने, जुनसुकै बेला जे पनि सम्भव छ र क्षेत्र नियन्त्रण बाहिर जानेछ,’ अमिर-अब्दुल्लाहियनले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयाे,’ यो क्षेत्र र युद्धको वकालत गर्नेहरू दुबैका लागि नतिजा ‘गम्भीर, तीतो’ हुन सक्छ र ‘दूरगामी असर’ हुन सक्छ ।’

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना मानिसहरू आफ्नो जीवनको लागि लडाइँमा रहेका सेनाहरूलाई हमास विरुद्धको युद्ध ‘गर वा मर’ को अवस्थामा रहेको बताए लगत्तै इरानले यस्ताे प्रतिक्रिया जनाएकाे हाे ।

लेबनानकाे हिजबुल्लाहले समे इजरायलमाथि गाेलाबारी गरिरहेकाे छ । इजरायलले भने साे समूहलाई युद्धमा नआउन चेतावनी दिएकाे छ।

हिजबुल्लाहले इजरायलविरुद्ध लड्न पूर्ण रूपमा तयार रहेको घोषणा गरेको छ । इरानले हमास र लेबनानको हिजबुल्लाह दुवैलाई समर्थन गर्छ। इजरायल र हमासवीचकाे द्वन्द्वमा ६ हजार बढीकाे मृत्यु भएकाे छ भने हजाराैं मान्छे घाइते एवं विस्थापित भएका छन् ।

Facebook Comments