फुटवल चलिरहँदा हेलिकप्टर अवतरण गर्ने पाइलट निलम्बित, घटनामा संलग्न ६ जना पक्राउ
स्याङ्जाको वालिङस्थित खेल मैदानमा फुटवल प्रतियाेगिता भइरहेका बेला हेलिकप्टर अवतरण गर्ने पाइलट रनेश डंगोललाई नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेकाे छ ।
प्रहरीले उक्त घटनामा संलग्न रहेका हेलिकप्टरमा सवार ४ जना र आ प्रतियाेगिताकाे आयाेजक मध्येका २ जनालाइ पक्राउ गरेकाे छ ।
माघ ५ गते वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा बिनाअनुमति हेलिकप्टर अवतरण गरेको ठहर गर्दै पाइलट डंगोललाई कारबाही गरिएको हाे ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निराैलाका अनुसार पाइलटलाई ग्राउन्डेड गरिएकाे छ, थप सोधपुछ र छानबिनपछि कार्वाहीकाे निर्क्याैल हुनेछ ।
पाइलट डंगोल घाइते भएपछि आराम गरिरहेको बताइएकाे छ ।
Facebook Comments

