तनहुँमा रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्लेकाे अग्रता
प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को मतगणना जारी छ । अहिलेसम्मकाे मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता लिनुभएकाे छ ।
पछिल्लाे मतपरिणाम अनुसार १०६३८ मत गणना हुँदा वाग्लेले ५९००मत पाउनुभएकाे छ । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २६८७ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १६५७ मत पाउनुभएकाे छ ।
तनहुँ क्षेत्र नं. १ को मतगणना मध्यरातिदेखि सुरु भएको हाे । तनहुँ १ मा पर्ने विभिन्न पालिकाका ४२ वटा वडामध्ये ६ वटा वडाकाे मतगणना सम्पन्न भएकाे छ ।
आइतबार नै उपनिर्वाचन भएका चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ को भने मतगणना सुरु भएको छैन । चितवन र बारामा अहिले बिहान सर्वदलीय बैठक बस्ने र मतगणनाकाे टुंगाे लगाउने बताइएकाे छ ।
Facebook Comments

