काठमाडौं सोह्रखुट्टेमा सवारी दुर्घटना, एक जनाकाे मृत्यु

काठमाडौंको सोह्रखुट्टेमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएकाे छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६काे सोह्रखुट्टे उकालोमा आइतबार बा ४ ख ७४११ नम्बरको बससँग बा ६४ प ४९३२ नम्बरको मोटरसाइकल ठोक्किंदा माेटरसाइकल चालककाे मृत्यु भएकाे छ ।

दुर्घटनामा निधन हुनेमा मोटरसाइकल चालक नुवाकोट बेलकोटगढी नगरपालिका–९ स्थायी घर भई हाल बालुवाटार बस्ने २३ वर्षीय शिवसुन्दर गजुरेल रहेको प्रहरीले जनाएको छ।

शिवसुन्दरको उपचारका क्रममा नयाँबजारस्थित पिपल्स अस्पतालमा लगिएकाेमा उपचारकै क्रममा मृत्यु भएको हाे। प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएकाे छ ।

Facebook Comments