कांग्रेसकाे कार्यसम्पादन समितिको बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बाेलाइएकाे हाे ।
आज बिहान ८:३० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, सानेपा ललितपुरमा बस्ने बैठकले राष्ट्रपतिकाे उम्मेदवारकाे टुंगाे लगाउने कांग्रेस नेताहरूले बताएका छन् ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू सहभागी हुनेछन्।
कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटाैलाकाे नाम चर्चामा भएपनि पाैडेलको प्रबल सम्भावना रहेको छ ।
Facebook Comments

