राप्रपा सरकारबाट फिर्ता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेकाे छ ।
आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हाे ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठले जारी गर्नुभएकाे प्रेस विज्ञप्तिमा सरकारबाट बाहिरिने तथा समर्थन पनि फिर्ता लिने उल्लेख छ।
सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तनले मुलुक पुन सत्ता केन्द्रित अस्थिरतामा धकेलिएको राप्रपाकाे ठहर छ ।

Facebook Comments

