चितवन २ मा लामिछानेकाे जित सुनिश्चित
चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ।
निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ५० हजार बढी मत गणना हुँदा लामिछानेले ३६ हजार १५८ मत पाउँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ७ हजार १४८ छ। उनीहरूबीचको मतान्तर २९ हजार १० रहेकाे छ जुन अव गन्न बाँकी मत भन्दा धेरै हाे । अव गन्न मत २८ हजार रहेकाे छ ।
चितवन-२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो। यसअघि पनि साे निर्वाचन क्षेत्रबाट लामिछाने नै भारी मत सहित विजयी हुनुभएकाे थियाे । अमेरिकाकाे नागरिकता त्यागेपछि नेपालकाे नागरिकता पुर्नप्राप्तिका लागि पुर्याउनुपर्ने कानुनी प्रक्रिया नपुर्याएकाे कारण देखाउँदै सर्वाेच्चकाे फैसला बमाेजिम लामिछानेकाे सांसद पद खारेज भएकाे थियाे । रिक्त पदमा पुनः बैशाख १० मा निर्वाचन भएकाे हाे ।

