काेशी प्रदेश सरकार गठनकाे विवादबारे सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुँदै
कोशी प्रदेशमा उद्धव थापा नेतृत्वको सरकार गठन प्रक्रियाकाे विवाद सम्बन्धमा सर्वाेच्चले पूर्ण इजलासमा सुनुवाइ गर्ने भएकाे छ ।
कांग्रेसकाे नेतृत्वमा गठन भएकाे सरकारकाे विरुद्धमा परेको मुद्दा आज सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुन लागेकाे हाे ।
सभामुख बाबुराम गौतमको समेत मतमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले त्यो प्रक्रिया असंवैधानिक हुने भन्दै सर्वोच्चमा मुद्दा दायर गर्नुभएकाे थियाे ।
साेही मुद्दामा साेमबार भएकाे सुनुवाइपछि न्यायाधीशहरु सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले जटिल कानुनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरुपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।
तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएपछि कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आहृवान गर्नुभएकाे थियाे ।
काेशीमा वर्तमान सरकार पनि सभामुख बाबुराम गाैतमकाे समेत समर्थनमा गठन भएकाले विवाद भएकाे छ ।

