पूजा गर्न राष्ट्रपति गाेरखामा

राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने कार्यक्रम रहेकाे छ । गाेरखामा रहेकाे गोरखकालीको मन्दिरमा पूजा गर्नका लागि राष्ट्रपति पाैडेल गाेरखा जान लाग्नुभएकाे हाे ।

गत फागुन २५ मा राष्ट्रपति निर्वाचित भएपछि उहाँकाे याे पहिलो काठमाडौं बाहिरकाे भ्रमण हाे ।

राष्ट्रपति पाैडेल नेपाली सेनाकाे हेलिकप्टरमा ९ः३० गाेरखा जाने र त्यहाँ गाेरखा दरबार क्षेत्रकाे अवलोकन गर्ने, गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

राष्ट्रपति पौडेलको गाेरखा भ्रमणलाई व्यवस्थित बनाउन तथा सर्वसाधारणकाे आवागमन समेत प्रभावित नहुने गरी जिल्लाको सुरक्षा व्यवस्था मिलाइएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

Facebook Comments