विमानस्थल भन्सार कार्यालयका प्रमुख फेरियाे
अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुखकाे जिम्मेवारीमा टाेकराज पाण्डेलाई खटाएकाे छ ।
हाल विदामा रहेका त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई जिम्मेवारीबाट हटाएर पाण्डेलाई प्रमुख बनाइएकाे हाे ।
साउन पहिलाे साता झन्डै एक क्विन्टल सुन विमानस्थलको भन्सार जाँच पास गरेर बाहिरिएको घटनामा छानबिन गर्न पोखरेललाई उक्त जिम्मेवारीबाट अलग गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव धनिराम शर्माका अनुसार पोखरेलको ठाउँमा सहसचिव टोकराज पाण्डेलाई पठाइएको छ । पाण्डे आइतबारमात्रै राष्ट्रिय किताब खानाबाट अर्थमा सरुवा भएका थिए ।
साे प्रकरणमा प्रहरीले केही कर्मचारी, भन्सार एजेण्ट गरी एक दर्जन बढीलाई पक्राउ गरी अनुसन्धान गरिरहेकाे छ ।
Facebook Comments

