ईः का प्रतिनिधि र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन

विगत ९ दिनदेखि साना व्यवसायीका पक्षमा प्रदर्शनरत ईः सहितका अभियन्ता र काठमाडौं महानगरबीच बुधबार भएकाे वार्ता निष्कर्षविहीन भएको छ ।

साना सडक व्यवसायीको व्यवस्थापनका लागि तत्कालका लागि निश्चित समय ताेकेर व्यापार गर्न दिने मस्याैदामा महानगरले सहमति नजनाएका कारणा वार्ता निष्कर्षविहीन बनेको ईः का प्रतिनिधिकाे भनाइ छ ।

ईः सहितका अभियन्ताले ८ दिनदेखि काठमाडाैं महानगरपालिकाका मेयर र उपमेयरको कार्यालय राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरिरहेका छन् ।

ईःका तर्फबाट गोविन्द नारायणको नेतृत्वमा सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सञ्जय गिरी र राज महर्जन र महानगरपालिकाका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख वसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सदस्य रहेको टोली वार्तामा थियो ।

ईः सहितका अभियन्ताकाे प्रर्दशनमा एक्वेवद्धता गर्ने क्रम बढिरहेकाे छ ।

Facebook Comments