खण्डग्रास ग्रहण, १ घण्टा २० मिनेट अवधि रहने

आज कोजाग्रत पूर्णिमा चन्द्रग्रहण लाग्दैछ । पूर्णिमाको रात लाग्ने खण्डग्रास चन्द्रग्रहण नेपालका प्रायः भागबाट देख्न सकिने बताइएकाे छ । खण्डग्रास ग्रहणको सुरुवात शनिबार राति १ बजेर २० मिनेटबाट हुने र २ बजेर ३८ मिनेटमा सकिनेछ ।

अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा देख्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी तथा विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले जानकारी दिनुभयाे ।

चन्द्रग्रहण छोटो समय देखिने भए पनि त्यस रातको आकाश अवलोकनका लागि मौसम भने अनुकूल रहने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।

विभागका अनुसार शनिबार रातिको केही पहाडी क्षेत्रमा बदली भए पनि देशको अधिकांश भूभागको आकाश सफा रहनेछ ।

Facebook Comments