प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेता ओलीवीच भेटवार्ता

शान्ति प्रक्रियाका सम्बन्धमा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीवीच भेटवार्ता भएकाे छ । भेटमा प्रधानमन्त्रीले शान्ति प्रक्रियालगायतका मुद्दामा राष्ट्रिय सहमतिका लागि प्रस्ताव गर्नुभएकाे थियाे ।

नेपाल भ्रमणको मुखमा सरकार र प्रतिपक्षको एउटै धारणा बनाउन दुई नेताबीच भेटवार्ता भएको हो । एमाले अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन एमाले बाधक नरहेको बताउनुभएकाे थियाे ।

प्रधानमन्त्रीले राष्ट्रिय मुद्दामा सरकार र प्रतिपक्षको एउटै धारणा बनाउने उद्देश्यले एमाले अध्यक्षसँग भेटवार्ता भएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । राष्ट्रसंघका महासचिव गुटेरेसकाे नेपाल भ्रमण हुन लागेकाले शान्ति प्रक्रियासम्बन्धी साझा धारणा बनाउने प्रयास प्रधानमन्त्रीले गर्नुभएकाे हाे ।

संसदीय समितिमा सात महिनादेखि विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति नजुटेपछि संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विवाद मिलाउन प्रमुख दलका शीर्ष नेताहरूको जिम्मामा आएको छ ।

प्रतिनिधिसभामा विचाराधीन ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ मा सत्ता गठबन्धन र एमालेबीच सहमति हुन सकेकाे छैन ।

गम्भीर खालका मानवअधिकार उल्लंघनका घटना सम्बन्धमा दलहरूवीच विवाद छ ।

Facebook Comments