विना अनुमति ड्राेन क्यामरा उडाउने चिनीयाँ नागरिक प्रहरी नियन्त्रणमा
अनुमति विना ड्राेन क्यामरा उडाउने चिनीयाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । पाेखरा महानगरपालिका १ मा चिनीयाँ नागरिक देङ सेङलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
सेङले विना अनुमति ड्राेन क्यामरा उडाएर भिडियाे बनाइरहेकाे अवस्थामा नियन्त्रणमा लिइएकाे छ । सेङलाई साेधपुछ तथा अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाे हाे । ड्रोन सहित नियन्त्रणमा लिई नेपाल नागरिक उड्यन प्राधिकरण पोखराकाे जिम्मा लगाएकाे छ ।
Facebook Comments

