“सुन्दर चीन” फोटो प्रदर्शनी पोखरामा सम्पन्न
चिनिया सांस्कृतिक केन्द्र नेपालको आयोजना तथा नेपाल चीन प्रतिष्ठान, पोखराको सहजीकरणमा फोटो पर्दशन पोखरामा समपन्न भएको छ।
फोटो प्रर्दशन कार्यक्रममा चिनिया सांस्कृतिक केन्द्र प्रमुख स्यायो च्याङ्गले पोखरा सुन्दर रहेकाे उल्लेख गर्नुभयाे ।
उहाँले भन्नुभयाे, ’फेवा ताल अझै पनि मनमोहक छ,माछापुछ्रे चुचुरो अझै अग्लो छ,जसले यो प्रसिद्ध पर्यटनको शहरको रक्षा गरिरहेको छ। पोखराको पुरानो चहलपहल फेरि सुरु भएको छ,पसलहरु खुलेका र विदेशी पर्यटकको भीड लागेको देख्दा हामी खुसी छौं ।’
फाेटाे प्रदर्शनीमा राखिउका तस्बिरहरूले समकालीन चिनियाँ शहरहरू तथा गाउँहरू, प्राकृतिक परिदृश्यहरू, सांस्कृतिक र ऐतिहासिक स्थलहरूका साथै सामाजिक चाल-चलन तथा संस्कृतिको विकास देखाउँछन्।

मन्तव्यकाे क्रममा स्याङ्ले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धको इतिहास लामो रहेकाे र हालैका वर्षहरूमा चीन र नेपालले “वन बेल्ट,वान रोड” पहलको रूपरेखा अन्तर्गत अझ घनिष्ट सहकार्य गरेकाे बताउनुभयाे ।
विमानस्थल, सडक, पुल, विद्यालय, अस्पताल, नेटवर्क कम्युनिकेसन जस्ता पूर्वाधार निर्माणको क्षेत्रमा सहकार्य अझै गहिरो हुँदै गइरहेको उहाँकाे भनाइ छ ।
फोटो प्रर्दशनीमा पृथ्वीनारायण क्याम्पस पोखराका सहायक क्याम्पस प्रमुख मिन राज लम्सालले चीन नेपाल सम्वन्ध सदीयौ पुरानो भएको अवगत गराउनु भएको थियो । लम्सालले शिक्षा क्षेत्रमा चीनले नेपाली विद्यार्थिलाई छात्रवृत्ती सहयोग गरिरहेकोबारे धन्यवाद ज्ञापन गरेका थिए।त्यसैगरि पृथ्वीनारायण क्याम्पस उप प्रध्यापक अमृत खरेलले प्राचिन चीन देखी वर्तमान चीनको विकास र चीनले नेपाललाइ सहयोगको वर्णन गर्नुभयाे ।
कार्यक्रम नेपाल चीन प्रतिष्ठानका सल्लाहाकार एवम वरिष्ठ बामपन्थी नेता रामराज रेग्मीको अध्यक्षता भएको थियो । अध्यक्षताको क्रममा रेग्मीले नेपाल सधै एक चीन नीतिको पक्षमा रहेको प्रतिबद्धता बताउनुभयाे।

