तनहुँमा यात्रुबस दुर्घटना हुँदा २ काे मृत्यु, ३४ जना घाइते
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटनामा परेकाे छ ।
जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे र ३४ जना यात्रु घाइते भएका हुन् ।
उक्त बस सडकबाट अनियन्त्रित भई तल खसेको प्रहरीले जनाएकाे छ। घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । ५ जनाकाे अवस्था गम्भीर रहेकाले उपचारका लागि पाेखरा पठाइएकाे छ ।
Facebook Comments

