चन्द्रसूर्य टोल विकास संस्थाको सम्पन्न

पोखरा महानगरपालिका वडा नं. १७ स्थित चन्द्र सूर्य टोल विकास संस्थाको चौथो साधारण सभा एवम् तेश्रो अधिवेशनले लालुप्रसाद उपाध्याय(पौडेल) को अध्यक्षतामा ११ सदस्यी नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ ।

समितिको उपाध्यक्ष कमलप्रसाद आचार्य, सचिव प्रेम रेग्मी, कोषाध्यक्ष आशा भण्डारी, सह–कोषाध्यक्षमा कालिप्रसाद देवकोटा र सदस्यहरुमा गायत्री अर्याल, पार्वती ढुङ्गाना,बलराम सापकोटा,संगीता प्रधान र सरास्वती न्यौपाने चयन हुनु भएको हो ।

पोखरा महानगरपालिका वडा नं. १७ का वडासदस्य विक्रम गुरुङले अधिवेशनको उद्घाटन गर्दै वडाको दक्षिण मागमा रहेको यस वस्तिमा खानेपानी, सडक र ढल निकासलाई प्राथमिकता दिंदै आएको जानकारी दिनुभयो ।

स्थानीय वासिन्दाको सकृयता सहभागितामा हुने विकास निर्माण तोकिएको समयमा सम्पन्न हुँनुको साथै गुणस्तरीय हुने विश्वास व्यक्त गर्दै उहाँले वस्ति विकासको क्रममा रहेको यस वडामा ५६ वटा टोल विकास संस्था कृयाशिल रहेको बताउनुभयो ।

सञ्चारकर्मी हरि बास्तोलाले पोखराको अधिकांश वडाको ढल निकासको रुपमा रहेको यस वडाको सरसफाई लगायत समग्र विकास निर्माणमा महानगको बिशेष ध्यान पुग्नु पर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा उक्त टोल विकास संस्थाका जेष्ठनागरिक ९२ बर्षिय सुनकुमारी बोहोरालाई दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष रामप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा रामेश्वरमार्ग टोल सुधार समितिका अध्यक्ष लिलाप्रसाद पगेनी,सल्लाहकार ऋषिराम भण्डारी र धर्मराज पौडेल, विरुवा टोलविकास संस्थाका अध्यक्ष सालिग्राम भण्डारी, प्रेमकुमार रेग्मी,विकासशिल महिला समुहका शोभा ढुङ्गाना र कोषाध्यक्ष प्रेमकुमार रेग्मी लगायतले विकास निर्माणमा टोल विकास संस्थाले खेल्दै आएको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

Facebook Comments