तराईमा हुस्सु, उच्च पहाडी र हिमालका केही स्थानमा हिमपातकाे संभावना
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएकाे छ। महाशाखाका अनुसार अनुसार आइतबार बिहानसम्म देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
साथै तराईका स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ। महाशाखाले आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू-भागमा आंशिक बदलीदेखी मौसम सामान्यतया सफा रहने जनाएकाे छ।
तराईका स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको र उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

