गण्डकीमा सरकार गठनका लागि दावी पेस आह्वान
केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि प्रदेशहरूमा समेत सत्ता फेरबदलकाे रस्साकस्सी शुरू भएकाे छ ।
गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि साे प्रदेशमा समेत सत्ता जाेडघटाउकाे रस्साकस्सी शुरू भएकाे छ ।

संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई प्रदेश प्रमुखकाे कार्यालयले ७ दिनको समय दिएर मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले २७ चैतको दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गर्नुभएकाे हाे ।
भट्टले संविधानको धारा १६८ उपधारा (२) अनुसार नै बहुमतको सरकार गठनको लागि दलहरूलाई मौका दिनुभएकाे हाे । साे समयभित्र कुनैपनि दलले बहुमत पेस गर्न नसके उपधारा (३) अनुसार ठुलो दलको नेताको हैसियतमा कांग्रेस संसदीय दलका नेता समेत रहनुभएका पाण्डे नै मुख्यमन्त्रीमा नियुक्त हुनुहुनेछ ।


