जापानकाे चीवामा स्टार रेष्टुरेन्टकाे शाखा विस्तार

सृजना कम्पनीले जापानको चीवा क्षेत्रमा व्यवसाय विस्तार गरेको छ । जापानको फुकुसीमा क्षेत्रमा लोकप्रिय रहेको स्टार रेष्टुरेन्ट ग्रोसरी बार लगायतको व्यवसाय गर्दै आएको कम्पनीले रेष्टुरेन्ट तथा ग्राेसरीकाे व्यवसाय चीवामा पनि विस्तार गरेकाे हाे ।

यही सेप्टेम्बर २० बाट सेवा विस्तार गरेको स्टार ग्रुपको पाँचौ शाखामा नेपाली खानाका परिकारहरु पाइन्छ भने बैठक सेमिनार तथा पारिवारीक जमघटका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

वैवाहिक वार्षिकोत्सव, जन्मोत्सव, शुभकामना आदनप्रदान लगायतका कार्यक्रम गर्न सकिने कम्पनीको सिईओ सृजना घिमिरेले जानकारी दिनुभयो ।

याचिओ दाई स्टेशनको नजिकै रहेको आवकी भवनको दोस्रो तल्लामा सेवा शुरु गरेको स्टार रेष्टुरेन्टले नेपालीहरुलाई लक्षित गरेको पहिलो तालमा स्टार स्पाइस मार्ट र दोस्रो तलामा रेष्टुरेन्ट र बार सञ्चालन गरिएको छ । जापनीहरुमाझ लोकप्रिय रहेको स्टारले नेपालीहरुलाई लक्षित गरेर सेवा विस्तार गरेको हो ।

चिवा क्षेत्रमा रहेका विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्ने तथा उत्कृष्ठ व्यवसायिक सेवा दिनुका साथै सामाजिक कार्यहरुमा समेत सहकार्य गर्ने कम्पनीका प्रमुख उत्तम पण्डितले जानकराी दिनुभयो ।

मार्टमा सुपथ मुल्यमा सामानहरु पाइने र होम डेलिभरीको समेत व्यवस्था रहेको मार्टका म्यानेजेर सुनिल चालिसेले जानकारी दिनुभयो । कम्पनीको शाखाहरुमा नेपाली, जापनी र भारतीय नागरिकहरु कर्मचारीका रुपमा कार्यरत रहेका छन् ।

बार्षिक ३ करोड ५० लाख बढी कारोवार गर्ने सो कम्पनीले चिवा क्षेत्रमा शाखा विस्तारसँगै कारोबार समेत बढ्ने विश्वास लिएको छ । २०१८ मा स्थापना भएको सृजना कर्पोरेशनले फूकुसीमा क्षेत्रमा ३ वटा रेष्टुरेन्ट र ग्रोसरी सञ्चालन गरिरहेको छ ।

सो कम्पनीले भिजिट भिसाको डकुमेन्टेसन, पासपोर्ट नविकरण, जापनी भाषा अनुवाद, परामर्श तथा रेमिटान्स सेवा समेत संचालनमा ल्याउने तयारी गरेको प्रमुख पण्डितले जानकारी दिनुभयो ।

Facebook Comments