गृह र अर्थ मन्त्रालयमा गठबन्धनका सबै दलकाे दावी
नयाँ सत्ता गठबन्धनमा रहेका दलहरूवीच गृह र अर्थ मन्त्रालयमा गठबन्धनमा रहेका दलहरू प्रायः सबैकाे रूची छ ।
प्रभावशाली मन्त्रालयमा दावी बढाउने र वार्गेनिङ गर्नेमा दलहरू केन्द्रित हुँदा जनताले सरकार र गठबन्धनप्रति निराशा प्रकट गरेपनि दलहरू भने त्यसैमा केन्द्रित छन् ।
दलहरूबीच भएको प्रारम्भिक समझदारीअनुसार माओवादीले अर्थ, जसपाले परराष्ट्र पाउने माेटामाेटी समझदारी भएकाले गृहमा भने दलहरूवीच रस्साकस्सी छ ।
गठबन्धनको ठूलो दल एमाले र रास्वपाले गृहमा दाबी गरेका छन् ।
मन्त्रालय बाँडफाँटका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ४ दलको बैठकमा गृह मन्त्रालयकै कारणा मन्त्रालय बाँडपफाँड निष्कर्षमा पुग्न सकेकाे छैन ।

गठबन्धनवीच मन्त्रालय बाँडफाँड र साझा कार्यक्रम तय गर्न एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी उपमहासचिव वर्षमान पुन, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव सम्मिलित कार्यदल क्रियाशील छ ।
गृह रास्वपाले पनि छाड्न तयार नभएकाले दलहरवीच सहमति हुन नसकेकाे हाे ।

