सत्ता गठबन्धनलाई काँग्रेस सहितकाे नयाँ गठबन्धनकाे बन्ने भयः

साेमबार काँग्रेस इतरकाे गठबन्धन बनेर सरकार परिवर्तन भएपनि सत्ता गठबन्धनमा नेपाली काँग्रेसकाे नेतृत्वमा वैकल्पिक गठबन्धन बन्न सक्ने भय देखिएकाे छ ।

साना दलहरूलाई लिएर काँग्रेसले नयाँ गठबन्धन बनाउन सक्ने भयका कारण गठबन्धन बदलेर मन्त्रीमण्डल बनाउँदा सम्म त्यसकाे सुइँकाे समेत नदिए पनि मंगलबार भने नेकपा एकीकृत समाजवादीसँग प्रधानमन्त्री सहितका नेताहरूले संवाद गरेका छन् ।

नेकपा एकीकृत समाजवादीलाई गठबन्धनमा ल्याउन दलका नेताहरुकाे जाेडबल देखिएकाे छ । गठबन्धनमा रहेकाे इतर गठबन्धन बन्ने भयकै कारण समाजवादी बनेदेखि नै लगातार चर्काे आलाेचना गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत पार्टी नेताहरूका साथ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वरमै पुग्नुभएकाे हाे ।

एमाले अध्यक्ष ओली माधव नेपालको निवास पुग्नु स्वभाविक नभएपनि काँग्रेस सहितकाे वैकल्पिक गठबन्धन बन्न नदिने प्रयासमा याे भेट भएकाे बुझ्न कुनै कठिन छैन ।

एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेललाई साथमा लिएर प्रधानमन्त्री प्रचण्ड नेपाल निवास पुगेर समाजवादीलाई पनि गठबन्धनमा सामेल हुन आग्रह गरेका हुन् ।

Facebook Comments