जसपा फुटको संघारमा, अशोक राई नयाँ पार्टी गठन गर्दै
सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ ।
आइतबार पार्टी संघीय परिषद् अध्यक्ष अशोक राईकाे नेतृत्वमा ७ सांसदले नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिनएका छन् ।
आइतबार अपरान्ह ७ जनाको हस्ताक्षरसहित आयोगमा पुगेर राईले आधिकारिकता पेस गर्नुभएहाे हाे ।
पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला राई नेतृत्वको समूहले यस्ताे कदम चालेकाे हाे । याेसँगै सत्तारूढ दल जसपा विभाजित भएको छ, अहिले दल विभाजन गर्ने कानुन भने निष्क्रिय छ ।
Facebook Comments

