संघीय संसदः आजदेखि बजेट अधिवेशन
संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । यस अधिवेशनमा सरकारकाे आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम र बजेटबारे छलफल हुनेछ ।
जेठ १ गते सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ भने जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
अधिवेशनको पहिलो बैठक आज दिउँसो दुई बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।
आज पहिलो दिनको बैठक भएकाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र प्रस्तुत गर्ने कार्यसूची छ ।
दलीय प्रतिनिधत्वका आधारमा सांसदहरूकाे संवाेधनपछि सुरक्षण मुद्रण विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्य सूची छ । त्यस्तै विद्युतीय व्यापार विधेयक २०८० छलफलका लागि पेश हुनेछ ।
संसद बैठकमा गृहमन्त्री रवि लामिछाने र सहकारी सम्बन्धी समस्याका कारण कांग्रेस कसरी प्रस्तुत हुनेछ भन्ने बिषय भने अन्याैलपूर्ण छ । कांग्रेसले यसअघि गृहमन्त्री लामिछाने समेत सहकारी प्रकरणमा मुछिएकाले छानविन हुनुपर्ने माग गर्दै आएकाे छ ।

