मन्त्रिपरिषद् बैठकः जोशी र ढकाल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा, खेलाडीलाई पुरस्कार
सरकारले नेपाल प्रहरीका एआईजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ भने विभिन्न विधामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई पुरस्कार एवं सम्मान गर्ने भएकाे छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयाे ।
उहाँका अनुसार अन्तर्राष्ट्रिय स्तरको क्रिकेट कराते तेक्वान्दो र कबड्डीमा विजय तथा पदक प्राप्त गर्ने खेलाडी प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्ने निर्ण भएकाे छ ।
Facebook Comments

