चीनमा चपस्टिक्सकले नुडल खाने चिन्पान्जी

चीनको एक चिम्पान्जीले मानिसजस्तै चपस्टिक्सकले नुडल खाने नयाँ सीप हासिल गरेको छ ।

चीनको दक्षिणपश्चिमी चोङकिङ नगरपालिकामा रहेको चिम्पान्जीले चपस्टिक्सकले नुडल खाने नयाँ सीप हासिल गरेपछि त्यहाँ पर्यटकहरुको भीड लागेको छ ।

२३ वर्षीय युहुइ नाम गरेको चिम्पान्जीले मानिसहरुलाई चकित पारेको यो पहिलो पटक भने होइन ।

यसअघि क्यामेरा सफा गरेको, साबुन र ब्रशले लुगा धोएको साथै र प्लेटहरू सफा गर्दै गरेको भिडियोहरु कैद भएका थिए।

चिडियाखानामा बस्दै आएको युहुइले मानिसको नक्कल गरेर धेरै सीपहरू हासिल गरिसकेको छ ।(सीसीटीभी प्लस÷एनएनबी)

Facebook Comments