पृथ्वी जयन्ती मनाइँदै

पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ ।

विशेष गरी आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ताकाे रूपमा शाहकाे याेगदानकाे स्मरण गरी याे दिवस मनाउन लागिएकाे हाे । यस वर्ष सरकारले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा समेत दिएकाे छ ।

दिवसको अवसरमा मुलुककाे प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ ।

तत्कालीन गोरखाका राजा शाहकाे नेतृत्वमा विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गर्ने अभियान चलेकाे थियाे । साेही एकीकरणा अभियानकाे कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको मानिन्छ ।

विक्रम संवत् १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गरेका उहाँकाे ५२ वर्षकाे उमेरमा वि.स. १८३१ मा निधन भएकाे थियाे ।

शाहको जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ ।

Facebook Comments