पृथ्वीजयन्तीका अवसरमा राप्रपाकाे चियापान

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा चियापान तथा शुभकामना आदानप्रदानकाे कार्यक्रम राखेकाे छ ।

आज शुक्रबार भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान गर्न लागिएकाे हाे । चियापानमा समारोहमा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी लगायतलाई निमन्त्रणा गरिएको राप्रपाले जनाएकाे छ ।

Facebook Comments