चितवन बस दुर्घटनाः ३ यात्रुले झ्यालबाट हाम्फालेर ज्यान बचाए
काठमाडौंबाट रौतहटको गौर आइरहेको गणपती डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोमा परेकाे बसबाट तीन जना यात्रुले हामफालेर आफ्नो ज्यान जोगाउन सफल भएका छन् ।
रौतहटको देवाही गोनाहीका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना यात्रु बसकाे क्याविनमा यात्रारत थिए । उनीहरूले क्याविनकाे झ्यालबाट हाम्फालेकाे बताएका छन् । उनीहरु यतिबेला अर्काे बसमा नारायणगढ पुगेका छन् । त्रिशुली नदीमा बेपत्ता यात्रुहरूकाे प्रहरीले खाेजी गरिरहेकाे छ ।

Facebook Comments

