माैसमः शनिबार माैसम सफा रहने
आइतबार कोशी र गण्डकीका केही स्थानमा हिमपातकाे संभावना
मुलुकभर उल्लेखनीय माैसमी प्रणाली सक्रिय नभएपनि हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। शनिबार माैसममा सामान्य बदली बाहेक मुख्यता सफा रहने महाशाखाले उल्लेख गरेकाे छ ।
२०८० पुस २९ गते आइतबार भने दिउँसोमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। दिउँसाे र रातकाे समयमा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । ती स्थानमा साेमबार समेत हिमपातकाे संभाना रहेकाे छ ।

