मन्त्रिपरिषद् विस्तार, जसपाका प्रदीप यादव र हसिना खान मन्त्री नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएसँगै जनता समाजवादी पार्टीका तर्फबाट मन्त्रीहरू थप गरी मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे हाे ।

पार्टी फुटेपछि उपप्रधान एव स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले राजीनामा दिनुभएकाे थियाे ।

प्रधानमन्त्री प्रचण्डले जसपा नेपालबाट विभाजित नयाँ दल जसपाका प्रदीप यादव मन्त्री र हसिना खानलाई राज्यमन्त्री पदमा नियुक्ति गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार दिनुभएकाे छ ।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा यादवलाई राष्ट्रपति पौडेल र खानलाई प्रधानमन्त्री दाहालले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयाे ।

Facebook Comments