सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक

 सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ ।

सरकारले तयार पारेकाे नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवन नयाँबानेश्वरमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे ।

नीति तथा कार्यक्रममा सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रमा ५ हजारलाई रोजगारी दिने, कृषि लगानी दशक घोषणादेखि पेट्रोलियम पदार्थ अन्वेषण, बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने, शिक्षकलाई मासिक तलब दिने लगायतका बिषय समेटिएका छन् ।

Facebook Comments