मेलम्चीको पानी पुनः काठमाडौंमा

सोमबारबाट काठमाडौंमा मेलम्चीको पानी पुनः वितरण सुरू भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ९ बजे सिंहदबारस्थित आफ्नै कार्यालय परिसरको धारा खोलेर पुनःवितरण सुभारम्भ गर्नुभएकाे छ ।

आइतबार अनामनगर र मीनभवन क्षेत्रबाट वितरण सुरू गरिनेछ। त्यसपछि क्रमशः खुमलटार, बोडे, बालाजु क्षेत्रबाट वितरण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएकाे छ ।

मेलम्ची खानेपानीका विकास समितिका अनुसार कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले शनिबार नै मेलम्चीको पानी काठमाडौं आइपुगिसकेको थियो।

आइतबारबाटै अनामनगरको ट्यांकी भर्न सुरू गरिएको थियो । सोमबारबाट पानीको मात्रा बढाउँदै दैनिक १७ करोड लिटर पानी पथान्तरण गरिएकाे छ ।

२०७८ असार १, साउन १६ र १७ गते उत्तरी हेलम्बुको भ्रेमाथाङको बाढीले हेडवर्क्समा क्षति पुर्‍याएपछि मेलम्चीकाे पानी काठमाडौंमा ल्याउन व्यवधान भएकाे थियाे ।

Facebook Comments