तनहुँ ब्यासमा पुनः मतगणना गर्न उच्च अदालत पोखराकाे आदेश

उच्च अदालत पोखराले तनहुँको ब्यास नगरपालिकामा २ वर्ष अघि भएकाे स्थानीय तह निर्वाचनको पुनः मतगणना गर्न आदेश दिएको छ । 

व्यास नगरपालिकाका मेयर पदका लागि स्वतन्त्र उम्मेदवार दीपकराज जोशीका तर्फबाट मतगणनामा धाँधली भएकाे भन्दै दायर रिटमा मङ्गलवार अदालतले पुनः मतगणना हुने फैसला गरेको हो । 

दायर गरेको रिटमा न्यायाधीशद्वय राजन प्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले निवेदकको माग बमोजिम दाबी पुग्ने फैसला गरेको हो । 

२०७९ वैशाख ३० गते सम्पन्न उक्त निर्वाचनमा  जोशी कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग २५२ मतकाे मतान्तरले पराजित हुनुभएकाे थियाे । जाेशीका लागि एमालेले समर्थन गरेकाे थियाे ।

जोशी २०७९ जेठ १२ गते दोहोर्‍याएर गणना गर्न माग गर्दै अदालतमा पुग्नुभएकाे थियाे ।

Facebook Comments