पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश सुन तस्करी प्रकरणमा पक्राउ

प्रहरीले सुन तस्करी प्रकरण तथा सहकारी ठगीकाे बिषयमा अनुसन्धान गर्न माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनलाई पक्राउ गरेकाे छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको प्रहरी टोलीले पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनका पुत्र दिपेसलाई शुक्रबार धापासीबाट पक्राउ गरेको हाे ।

दिपेसलाई बुटवल लगिएकाे प्रहरीले जनाएकाे छ ।

६१ किलो सुन तस्करी प्रकरणका आरोपी बेल्जियन नागरिक दावा छिरिङसँग पुनको सम्पर्क देखिएपछि सुन जाँचबुझ आयोगले पुनसँग बयान लिएको समेत लिएको थियो ।

सुन तस्करीसम्बन्धी जाँच आयोगले बिहीबार  गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको भन्दै कारबाहीका लागि सिफारिस गरेको गृह मन्त्रालय स्रोतले बतायो ।

ग्त साउन ३ गते विमानस्थलबाट जाँच पास भए पछि बरामद भएको सुन करीब १०० किलो रहेको राजस्व अनुसन्धान विभागले अनुमान गरेको थियो ।  पछि  ‘ब्रेक शू प्याड’ बाट निकालेर जोख्दा सुनको तौल ६० किलो सात सय ८९ ग्राम मात्र भएको थियो ।

Facebook Comments