माओवादी केन्द्रका उपाध्यक्ष महरालाई चार दिन हिरासतमा राख्न अदालतकाे अनुमति

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले महरालाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हाे । महरालाई इलेक्ट्रोनिक चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा हिरासतमा राखी अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अदालतमा पेश गरेकाे थियाे ।

महरामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको छ। 

९ किलो सुन र ६० किलो सुन प्रकरणसम्बन्धी अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगले महराविरूद्ध पनि मुद्दा चलाउन सिफारिस गरेको थियो। 

जाँचबुझ आयोगले गत बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई उक्त प्रतिवेदन बुझाएको थियो। त्यसपछि प्रहरी प्रधान कार्यालय हुँदै उक्त प्रतिवेदन सिआइबीमा पुगेको थियो। 

Facebook Comments