सहकारी ठगी प्रकरणः छानबिन गर्न संसदीय समिति गठन गरिने
सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ ।
यद्यपि उक्त समितिको कार्यादेश टुंगाे लगाउन कार्यदल बनेकाे छ। साे समितिमा उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहने समझदारी बनेकाे छ ।
उक्त समितिमा संयाेजनकाे भूमिका भने कानुनमन्त्री गिरीले गर्नुहुनेछ ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबीचको छलफलमा संसदीय समिति गठनका विषयमा समाधान धारणा बनेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयाे ।
२८ वैशाखमा संघीय संसदको हिउँदे अधिवेशन सुरु भएदेखि नै नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन लगातार अवरोध गर्दै आएको छ ।
सरकारकाे नीति तथा कार्यक्रम र बजेटकाे चटाराेका वीच संसद बैठक लगातार अवरूद्ध छ । जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधान छ ।

