समता र समन्वय नै मूलुकको विकासको पहिलो आधारः देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले  समता र समन्वय नै मूलुकको विकासको पहिलो आधार हुने बताउनुभएकाे छ ।

राज्यका सबै जातजाति ,समुदाय र क्षेत्रको समतामुलक विकासले मात्रै मूलुकको समग्र विकास सम्भव रहेको उहाँको भनाई छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा देउवाले भन्नुभयाे, ‘समता र समन्वय नै मूलुकको विकासको पहिलो आधार हो भन्ने यर्थातलाई बुझेर सबैले गहिरोगरी आत्मसाथ गर्नुपर्ने आजको आवश्यकता हो भन्ने कुरामा कसैको पनि विमति छैन् । राज्यका सबै जातजाति समुदाय क्षेत्रको समतामुलक विकासले मात्रै मूलुकको समग्र विकास सम्भव हुन्छ ।’

उहाँले जातीय समानताको स्थापनाका लागि संविधान र कानुनको पालनाका साथै सामाजिक सुधारका लागि पनि लाग्नुपर्नेमा जोड दिनुभयाे ।

Facebook Comments