संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ : १५ बजेका लागि बोलाइएको छ ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा निरन्तर अवरोध गर्दै आएको छ ।

यसअघि शुक्रबार बोलाइएका दुवै सदनका बैठक अवरुद्ध भएका थिए । जेठ १ मा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भएपनि कांग्रेसको अवरोधका कारण दुवै सदनले राष्ट्रपति पौडेलप्रति धन्यवाद प्रस्तावसमेत पारित भएकाे छ ।

जेठ २८ गते बजेट अधिवेशन प्रारम्भ भएदेखि नै कांग्रेसले निरन्तर दुवै सदनका बैठक अवरुद्ध पार्दै आएको छ । संसद् खुलाउने विषयमा शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख चार दलबीच संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ । तर समितिको कार्यक्षेत्रबारे अझै टुंगो लागेको छैन ।

Facebook Comments