प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिकमा खतिवडा नियुक्त
सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गर्ने निणर्य गरेको छ ।
बिहीबर बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निणर्य गरेको सरकारका प्रवक्ता पृथ्वी शुब्बा गुरुङले जानकारी दिनुभयाे । उहाँका अनुसार प्रधानमन्त्रीकाे मुख्य राजनीतिक सल्लाहकारमा विष्णु प्रसाद रिमाल र आर्थिक सल्लाहकारका रुपमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गर्ने निणर्य भएको हाे ।
Facebook Comments

