नेपाली बैंकिङ क्षेत्र सुरक्षित छ : गर्भनर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाली बैंकिङ क्षेत्र सुरक्षित रहेकाे बताउनुभएकाे छ । उहाँले ठूला चुनौतिहरू जित्दै नेपाली बैंकिङ क्षेत्रले प्रगति गरिरहेकाे बताउनुभयाे ।
बुधबार नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा बोल्दै अधिकारीले बैंकिङ प्रणालीलाई सुरक्षित बनाउन बैंकरहरूको सहयोग महत्त्वपूर्ण रहेको बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयाे, ‘जस्तोसुकै अवस्थामा पनि बैंकिङ क्षेत्र रिजिलियन्ट बनेर सुरक्षित भएको हो, कोरोनालगायत विश्वव्यापी समस्यामा पनि बैंकिङ क्षेत्र खरो बनेर उभिएको कारण नै आज हामी सुरक्षित छौं ।’
साथै गर्भनर अधिकारीले पछिल्लो समय पूँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढिरहेको बताए । उनले कयौं उतारचढाव र चुनौतीका बाबजुद नेपालमा बैंकिङ क्षेत्र स्थिर रहेको दावी गर्नुभयाे ।
नेपाल बैंकर्स एसोसिएसनमा सन्तोष कोइराला अध्यक्षमा निर्विरोध निर्वाचित
काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनले नयाँ कार्यसमिति गठन गरेको छ ।
नयाँ कार्यसमितिमा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई निर्विरोध निर्वाचित गरेको हो । यस अघि नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्ष रहनुभएका काेइराला यसपटक अध्यक्षा बन्नुभएकाे हाे ।
यसैगरी, नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्षमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित हुनुभएकाे छ ।
उपाध्यक्ष पदमा कार्यसमितिमा तीन जना सदस्य रहेका छन् । जसमा एभरेष्ट बैंक लिमिटेड सीईओ सुदेश खालिङ, कुमारी बैंक सीईओ राम चन्द्र खनाल, नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।

