इरानका राष्ट्रपति रैसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त

इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । बीबीसीका अनुसार अजरबैजानस्थित एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।

उद्दारकर्मीले दुर्घटनाग्रस्त हेलिकप्टर फेला पारेका छन् । इरानी गृहमन्त्रीले साे हेलिकप्टरमा राष्ट्रपति रैसी र विदेशमन्त्री हेलिकप्टरमा सवार रहेको पुष्टि गर्नुभएकाे छ ।

खराब मौसमका कारण ‘हार्ड ल्यान्डिङ’काे प्रयास गरिएकाे थियाे । हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको छ ।

Facebook Comments