तनहुँकाे व्यास नगरपालिकामा भीषण आगलागी
तनहुँको व्यास नगरपालिका-३, दमौलीमा गएराति भीषण आगलागी हुँदा २० वटा सटरमा क्षति पुगेको छ ।
दमौलीको मुख्यचोकमा रहेको फलफूल पसल लाइनमा आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयाे ।
विद्युत् लाइन सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

Facebook Comments

