चम्पावती हाइड्रोपावरले सार्वजनिक शेयर निष्कासन गर्ने

चम्पावती हाइड्रोपावर लिमिटेडले सार्वजनिक शेयर निष्कासन गर्ने भएकाे छ । कम्पनीकाे काठमाडाैंमा भएकाे १५औं वार्षिक साधारणसभामा साेकाे जानकारी दिइएकाे हाे ।

कम्पनीका अध्यक्ष डा. हरिराम पराजुलीको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले कम्पनीको आ.व. ८०/ ८१ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन पास गरेको छ ।

त्यस्तै यसअगाडि ११ जनाको सञ्चालक समिति रहने प्रावधान रहेकोमा साधारणसभाले सो प्रावधान परिमार्जन गरि ७ जनाको सञ्चालक समिति हुने निर्णय गरेको छ ।

सो कम्पनीले गोरखा जिल्लाको सिरानचोक गाउँपालिका र लमजुङ जिल्लाको दुधपोखरी गाउँपालिकाको सीमानामा पर्ने चेपे खोलामा ७ मेगावाट क्षमताको चेपे ए जलविद्युत आयोजना निर्माण गरी संचालन गरिरहेको छ ।

१ अर्व ३२ करोड ६० लाखको लगानीमा आयोजना निर्माण सम्पन्न भएको साधारणभाको अवसरमा जानकारी दिइएको छ ।

कम्पनीमा २११ जना संस्थापक शेयरधनी रहेका छन् । कम्पनीले १६ करोड रुपैयाँ बराबरको सार्वजनिक शेयर निष्कासन गर्ने प्रक्रियामा रहेको जनाएको छ ।

Facebook Comments