प्रतिशोधको राजनीति गर्नु छैनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिशाेध एवं कसैप्रति दुराभाव राखेर राजनीति नगर्ने बताउनुभएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिशाेध एवं कसैप्रति दुराभाव राखेर राजनीति नगर्ने बताउनुभएकाे छ ।

प्रधानमन्त्री र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबीच बाढी, पहिरो र डुबानका घटनापछिको अवस्थामा राहत र उद्धारमा आपसमा मिलेर प्रभावकारीरुपमा काम गर्ने विषयमा समान मत देखिएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार पाँच विपक्षी दलको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा मागपत्र र सुुझाव प्रस्तुत हुनु संवाद र छलफलको सकारात्मक प्रक्रिया भएकाे बताउनुभयाे ।

उहाँले विपक्ष दललाई ध्यानाकर्षणपत्रका लागि धन्यवाद दिँदै राहत र पुनःस्थापनाका सरकारले आफ्नो तर्फबाट प्रभावकारी काम गर्दै आएको जानकारी गराउनुभयाे ।

उहाँले मनसुनजन्य विपद्को घटनामा घाइते भएकाहरुको निःशुल्क उपचार भइरहेको, बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको, बेलिब्रिजहरुसमेत मगाएर राजमार्गहरुमा भएको अवरोध खुलाइएको जनाउँदै यस्ता विषयमा कुनै राजनीति नगरी मिलेर जान दलहरुलाई आग्रह गर्नुभयाे ।

प्रधानमन्त्री ओलीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारीसम्बन्धी अनियमिताका सम्बन्धमा अनुसन्धान अघि बढेको उल्लेख गर्दै पूूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई कसैको दबाब वा आग्रहमा नभई अनुसन्धान गर्ने निकायबाट प्रक्रियागतरुपमा पक्राउ गरिएको स्पष्ट पार्नुभयाे ।

प्रतिपक्षी दलहरूकाे सराेकार रहेकाे दल विभाजन सम्बन्धी अध्यादेशकाे तयारीमा सरकार नरहेकाे प्रधानमन्त्रीकाे जवाफ थियाे । उहाँले अहिले कुनै दल विभाजन गरेर एमालेमा मिलाउने भन्ने कुनै याेजना नरहेकाे उहाँकाे भनाई थियाे ।

Facebook Comments