पोखरा महोत्सव समापन
सेती नदीमा पर्यटकीय गन्तब्य बनाउन महानगरले यूनाइटेड संग सहकार्य गर्छः मेयर आचार्य
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यती एयरलायन्सको जहाज दुर्घना भएको क्षेत्रमा पोखरा महानगरबाट निर्माण हुन लागेको झोलुंगे पुलमा यूनाइटेड क्लब संग सहकार्य गर्ने बताउनुभएकाे छ ।
बाह्रौं पोखरा महोत्सवको समापन समारोहमा बोल्दै मेयर आचार्यले अघिल्लो वर्ष पोखरा महोत्सव सञ्चालन भइरहदा माघ १ गते पोखराको सेती खोँचमा यती एयरलायन्सको जहाज दुुर्घटनालाई स्मरण गर्दै महानगरले उक्त क्षेत्रमा स्मृति स्तम्भ निर्माण गसिकेको र उक्त ठाउमा पोखरा महानगरले जहाज दुर्घटना स्थललाई पर्यटकीय गन्तब्य बनाउने गरि झोलुंगेपुल निर्माण गर्ने र उक्त काममा यूनाइटेड क्लब संग सहकार्य गर्ने प्रतिवद्धता समेत गर्नुभयाे ।
महानगरले जहाज दुर्घटना भएको क्षेत्र पोखरा १५ र १७ को बीचमा पर्ने सेती नदी माथी झोलुंगेपुल निर्माण गर्ने र उक्त पुल निर्माणमा यूनाइटेड क्लब संग सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ रहेको थियो ।
पोखरालाई नयाँवर्ष अगाडिनै पर्यटकीय राजधानी घोषणा गर्ने वताउदै मेयर आचार्यले पोखरामा आयोजना हुने मेला महोत्सवहरुले भाषा, कला, साहित्य, संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने वताउनुभयाे ।
पोखरा महानगर भित्र आयोजना हुने मुख्य महोत्सवहरु फरक फरक उद्देश्यले अगाडि वढिरहदा यूनाइटेड क्लबले सामाजिक काम गरेर अगाडि वढिरहेको र महानगरभित्र बन्यजन्तुको अध्ययन केन्द्र आवश्यक रहिरहँदा पोखरा जुलोजिकल पार्कको कामलाई प्रदेश सरकारले छिट्टै सम्पन्न गर्नतर्फ लाग्नुपर्नेमा समेत जोड दिनुभयाे ।
त्यस्तै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बिजयपुर र सेती नदिको बिच भागमा मेला महोत्सव नभइरहदा यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी अमरसिंह क्षेत्रलाई चिनाउन सफल भएकाे बताउनुभयाे ।
उहाँले आगामी महोत्सवहरुमा रुपा गाँउपालिकामा उत्पादन भएका कृषिजन्य सामाग्रीहरुलाई बिक्री वितरणका लागि गाँउपालिका संग समन्वय गर्न आग्रह गर्नुभयाे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले युवाहरुद्वारा सञ्चालित यूनाइटेड क्लवले महोत्सवको आयोजना गरि सामाजिक काम गर्नु आफैमा चुनौतीपूर्ण कार्य रहेको वताउदै सामाजिक सद्भाव कायम राख्न सम्पुर्ण एकजुट हुन आवश्यक रहेको वताउनुभयाे ।
त्यस्तै डाक्टर कृष्ण केसीले पोखरा महोत्सवले अमरसिंह चोकलाई चिनाउने काम गरेको वताउदै क्लबले अगाडि सारेको सेती नदी संरक्षणको लागि क्लबले वडा नम्बर १० बाटै काम शुरु गर्ने गरी अवधारणा बनाउनसमेत सुझाव दिनुभयाे ।
पोखरा १२का वडा अध्यक्ष सन्तोष बास्तोलाले पोखरा आफैमा प्रकृतिले दिएको सुन्दर सहर रहिरहदा यूनाइटेड क्लवले पोखरा महोत्सवको आयोजना गरि पोखरामा थप सौन्दर्यता थपेको वताउदै पोखरा महोत्सवमा दर्शक आयो, कति कमाइ भयो भन्दापनि महोत्सवको आयोजना गरि क्लबले समाजिक काम मार्फत जनतामा के सन्देश दियो भन्ने कुरा मुख्य रहेको वताउनुभयाे ।
अमरसिंह माविका प्रध्यानाध्यापक शेर बहादुर थापाले यूनाइटेड क्लबले सामाजिक काममा अगाडि वढिरहदा आफ्नो विद्यालयमा सभाहलको अभाव रहेको वताउदै सभाहल निर्माणका लागि आग्रह गर्नुभयाे । महोत्सव आयोजक यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले दर्शक र सहयोगी संघ संस्थाहरुकै कारण बाह्रौं संस्करणको पोखरा महोत्सव सफलतापूर्ण सम्पन्न भएको वताउनुभयाे ।
यूनाइटेड क्लबले महोत्सवकै आयोजना गरि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको वताउदै बाह्रौं पोखरा महोत्सव सफल पार्न सहयोग गर्ने मुख्य प्रायोजक, प्रायोजक, सहयोगी संघ संस्था, कलाकार, पत्रकार, सुरक्षाकर्मी, विभिन्न सञ्चार माध्याम र दर्शकहरुलाई धन्यवाद ब्यक्त गर्नुभयाे ।

