‘सत्ता नै समाप्त हुने डरले गिरीबन्धु टी–इस्टेट फाइल खोलिएन’- सांसद पाैडेल
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सत्ता नै समाप्त हुने डरले गिरीबन्धु टी–इस्टेट फाइल नखाेलिएकाे आरोप लगाउनुभएकाे छ ।
कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाडौं ६को दोस्रो सम्मेलनमा उहाँले, गिरीबन्धु टी–इस्टेट फाइल खोल्ने खोल्यो भने गठबन्धनको सबैभन्दा ठूलो पार्टीले सरकार प्रतिको समर्थन फिर्ता लिने र प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री पद पनि जाने कारण सत्ता नै समाप्त हुने गरी भ्रष्टाचारको फाइल खोल्न नसकेको बताउनुभएकाे हाे ।
उहाँले गिरीबन्धु टी–इस्टेटलाई त अदालतले फैसला गरिसकेको बिषयमा समेत सरकारले काम गर्न नसकेकाे बताउनुभयाे । गिरीबन्धु टी–इस्टेट फाइल खोलेमा अहिलेको गठबन्धनको सबैभन्दा ठूलो पार्टीले सरकार प्रतिको समर्थन फिर्ता लिने भयले गर्दा त्याे फाइल नखुलेकाे उहाँकाे जिकिर छ ।
गृहमन्त्रीले संसदभित्र विदेशीलाई सूचना बेच्ने मान्छे छ भनेर आफ्नो पदको मर्यादाको समेत ख्याल नराखेको नेता पाैडेलकाे टिप्पणी थियाे ।

