ठाडो आदेशले समाधान हुँदैनः सांसद बस्नेत

माओवादी केन्द्रका सांसद शक्ति बहादुर बस्नेतले वर्तमान सरकार ठाडो आदेश दिंदै गलत बाटोमा हिडेको बताउनुभएकाे छ ।

बस्नेतले सरकारले कुरा सुशासन, विधि र नियमको गर्ने तर समाधान ठाडो आदेशमा खोज्ने बाटोमा हिडेको बताउनुभएकाे हाे ।

उहाँले केही उद्योगमा काटिएको विद्युत लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठा र मुख्य प्राथमिकताको विषय बनाइरहेको भन्दै आपत्ति जनाउनुभयाे ।

विवाद विद्युत काट्ने वा जोड्ने कुराको मात्र नभएर महशुल अशुल गर्ने कि नगर्ने विषयमा केन्द्रीत रहेको उहाँको भनाई छ ।

Facebook Comments