सत्तामा हुँदैमा गलतलाई सत्य भन्न सकिदैन्ः डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १० वर्षमा संविधानमा पुनरावलोकन वा परिमार्जन गर्नुपर्ने संवैधानिक वाध्यता रहेको बताउनुभएकाे छ ।

संविधानमा नै १० वर्षमा संविधानमा पुनरावलोकन वा परिमार्जन गर्नुपर्ने विषय समावेश रहेकाे वहाँकाे भनाई छ ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको ‘संविधान संशोधन र प्रेस  तथा अभिव्यक्ति’ विषयक विचार गोष्ठीमा उहाँले पुनरावलोकन संविधानमै भएको व्यवस्था भएकाले कांग्रेस–एमालेले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयाे । साथै सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको कुरालाई ध्यान दिनुपर्ने बताउनुभयाे ।

‘ठूला दल एक ठाउँमा उभिंदा कतै निरङकुशता उब्जन्छ कि भन्न डर कायम छ । यसमा मिडियाले निरन्तर खवरदारी गर्नुपर्छ । सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न सकिदैन् । संसदबाट सहीलाई सही र गलतलाई गलत हो भनेर कांग्रेस आवाज उठाउँछ,’ उहाँले भन्नुभयाे ।

डा.कोइरालाले संविधान संशोधन गर्दा समावेशितालाई अझ बलियो बनाउनेगरी जानुपर्ने र निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने औंल्याए । संविधान संशोधन गर्ने नाममा ‘पेन्डोरा बक्स’ त खुल्ने होइन भन्ने डर भएकाले यसमा सचेत रहनुपर्ने सुझाउनुभयाे ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले वर्तमान सरकारले प्रेस सम्बन्धी कानुन निर्माण गर्दा संवैधानिक व्यवस्थालाई ख्याल गर्न आग्रह गर्नुभयाे ।

Facebook Comments