काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड

काठमाडाैं महानगरपालिकाले २५ अर्ब ७० कराेडकाे बजेट सार्वजनिक गरेकाे छ। महानगरपालिकाकाे साेमबारको नगर सभाको तेस्रो बैठकमा उपप्रमुख सुनिता डंगोलले  उक्त बेजट वक्तव्य प्रस्तुत गर्नुभएकाे हाे ।

डंगोलले महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २४ अर्व २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण आयोजनाहरुबाट एक अर्ब ५० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको जानकारी दिनुभएकाे हाे । 

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रमलाई साकार पार्न आगामी आर्थिक वर्ष २०८१÷८२ को लागी कूल रु २५ अर्व ७० करोड ६३ लाख २५ हजारको अनुमानित बजेट तथा कार्यक्रम तयार गरेका छौं  ।

यस अन्तर्गत काठमाडौं महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २४ अर्व २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी कूल रु १ अरब ५० करोड रहेको छ ।

स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमहरुका लागि १९ करोड ९ लाख विनियोजन गरिएको छ, जुन कुल बजेटको ०.७९ प्रतिशत हुन आउँछ ।

कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रको लागि ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार विनियोजन गरिएको छ, जुन कुल बजेटको १४.४४ प्रतिशत हुने बजेट वक्तव्यमा उल्लेख गिरएकाे छ ।

महानगरले आगामी आर्थिक वर्षको लागि महानगरपालिकाको गौरवको योजना अन्तर्गत ढल हित नदी नालालाई थप गरी ११ वटा गौरवका योजनाहरु प्रस्ताव गरेको छ ।

पूर्वाधार विकास क्षेत्रको लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट महानगरले  विनियोजन गरेको छ ।  जुन कुल बजेटको ६१.२० प्रतिशत हुन आउँछ ।

सामाजिक विकास क्षेत्रको लागि ३ अर्ब ८१ करोड ३६ लाख १५ हजार रुपैयाँ, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड २१ लाख ३० हजार बजेट विनियोजन गरिएको छ ।

महानगरपालिकाले चालु आर्थिकका लागि २४ अर्ब ८ करोड ५७ लाख २२ हजार रुपैयाँको बजेट पारित गरेको थियो ।

Facebook Comments